कैलालीमा बाढीः छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारियो

कैलाली । कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका एक सय ६२ घरका छ सय ३६ जनालाई आज सुरक्षित स्थानमा सारिएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
कैलालीका पथरिया, कटैनी, काँडालगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकपुर, भजनी नगरपालिका–८ र ३ अन्तर्गतका स्थान डुबानमा परेका उनले बताए।
सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४, ९४ जनालाई जानकी गाउँपालिका–७ फरेला, चार सय जनालाई टिकापुर नगरपालिका–८ वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ । यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९ कुणी खुरखरिया स्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको पनि जोशीले जानकारी दिए।
आठ जनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चार जनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, आठ जनालाई सोही स्थानका राधिका ढोली र मधुरा दमाईको घरमा सारिएको छ ।
जिल्लामा छ सय परिवारका दुई हजार सात ८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन् । अविरल वर्षापछिको बाढीबाट दुई जना घाइते भएका छन् । बाढीले छ कच्ची घर र पाँच बिघा जमिन कटान गरी क्षति पुर्याएको सूचना अधिकारी जोशीको बताउनुभयो । जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
मोहना, खुटिया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान हुने स्थानका नागरिकलाई उच्च सतर्कता सअपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया