एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख पारिश्रमिक पाउने भएका छन् ।
आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने बताए ।
सचिव खड्काका अनुसार एनपीएलको नेपाली खेलाडीको अक्सन दशैँ अगाडी नै हुने भएको छ । उनले विदेशी खेलाडीहरुसँग अहिले समन्वय भएको र फ्रेन्चाईजीहरुलाई विदेशी खेलाडी भित्र्याउने स्वतन्त्रता दिइएको बताए ।
क्यानले आजै एक कार्यक्रमका बीच आठ मार्की खेलाडीको लक्की ड्रबाट फ्रेन्चाईजी छनौट गरेको छ ।
जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की खेलाडी कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।
त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।
मार्की खेलाडी तीन बर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया