बार्सिलोनाको जितमा यमलको दुई गोल
मेरोन्यूज
२०८१ भदौ ३१ गते ८:३७

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाले ला लिगामा लगातार पाँचौं जित हासिल गरेको छ । बार्सिलोनाको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको ५ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा छ ।
सम्बन्धित
















नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया