फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु
मेरोन्यूज
२०८१ भदौ ३१ गते १०:१५

काठमाडौँ । समुन्द्री मार्गबाट फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ । फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो ।
प्राप्त जानकारीका अनुसार स्थानीय समय अनुसार राति १ बजे डुङ्गा बोलोग्ने–सोस–मारेको उत्तरमा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो । यो रबर जहाजमा करिब ५० जना सवार थिए। किनारबाट निस्किएको केही समयपछि डुङ्गा डुब्न थाल्यो ।
यो घटनाको दुई साताअघि यही क्षेत्रमा आप्रवासीले भरिएको डुङ्गा डुबेर ६ बालबालिका र एक गर्भवती महिलासहित १२ जनाको मृत्यु भएको थियो । बेलायती सरकारका प्रवक्ताले घटनाको पुष्टि गर्दै फ्रान्सेली अधिकारीहरूले यस विषयमा अनुसन्धानको नेतृत्व गरिरहेको बताएका छन्।
बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘समुद्री मार्गमा ज्यान गुमाउनेको खबर सुन्दा दुःख लागेको छ ।’
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया