दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन बिहीबार दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो । नागरिक स्तरबाट आयोजना हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण उक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न मार्गबाट दरबारमार्ग क्षेत्रमा आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिण गेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
‘काठमाडौँको दरबारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१/०६/०३ गते आयोजना हुने नेस्नल डे कन्सर्टको तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१/०६/०१ गते २०ः०० बजेदेखि मिति २०८१/०६/०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिण गेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको ब्यहोरा जानकारी गराइन्छ,’ ट्राफिक प्रहरीको सूचनामा उल्लेख छ ।
सरकारले असोज ३ गते (भोली) संविधान दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो । संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।











देशलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी अब युवापुस्ताको काँधमा : प्रचण्ड
कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया