मंगलबार, पुष २९, २०८२

अल नासरद्वारा मुख्य प्रशिक्षक लुइस कास्ट्रो बर्खास्त

मेरोन्यूज २०८१ असोज २ गते १३:३४

काठमाडौँ । साउदी क्लब अल नासरले प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको छ ।

अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोले क्लब छोडेको जानकारी दिएको हो । अल नासरमा २०२३ को जुलाई ६ देखि कार्यभार सम्हालेका कास्ट्रोलाई क्लबले यस सिजनको शुरुमै बर्खास्त गरेको छ ।

अल नासरले कास्ट्रोको नेतृत्वमा ६२ खेल खेलेकोमा ४४ खेल जितेको थियो भने ११ खेल बराबरी र ७ खेलमा हार बेहोरेको थियो ।

अल नासरले अब एसी मिलानका पूर्व प्रशिक्षक स्तेफानो पिओलीलाई प्रशिक्षक बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
    

प्रतिक्रिया