ओमानविरुद्ध नेपालको प्लेइङ-११ मा तीन परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ ।
ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा ओमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको ठाउमा अनिल शाह, अर्जुन साउद र आसिफ सेखलाई टिममा समावेश गरेको छ ।
सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ३ र ओमानले ४ खेलमा हार बेहोरेको छ ।
आजको खेल खेल्ने प्लेइङ- ११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।
नेपालले लिग-२ मा अहिलेसम्म ५ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया