बालेनलक्षित ओलीको टिप्पणी : आगो लगाउँछु भन्नेबाट आफूलाई बचाउनुहोला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल बनाउनबाट जोगाउनुपर्ने बताएका छन् ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने पुस्तौंपुस्ता पछि पर्ने भन्दै सचेत रहन आग्रह गरे ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई इंगित गर्दै ओलीले संविधान दिवसको भाषणमा भनेका छन्, ‘आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला। तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गछौँ, गछौँ। सुशासन कायम त हामी गर्छौं, गर्छौं। तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँपुस्ता पछि पर्नेछौँ।’
















सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया