मोदी र बाइडेनबीच भेटवार्ता

काठमाडौँ । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् ।
मोदी- बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेको बताइएको छ । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।
यो जानकारी प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेका छन् । अमेरिकी राष्ट्रपतिसँगको तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ । ‘भारतमा २९७ अमूल्य पुरातात्विक वस्तुहरू फिर्ता सुनिश्चित गरेकोमा म राष्ट्रपति बाइडेनप्रति धेरै आभारी छु ।’
यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २००० ईसा पूर्व देखि १९०० ईस्वी सम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।












विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
प्रतिक्रिया