अतिक्रमित संरचना हटाउन सुरु

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो ।
सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लागएर भत्काइएका छन् ।
महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय भएको थियो ।
महानगर प्रमुख रेनु प्रमुख दाहालले पुङ्गी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण तथा नगरको शोभा अभिवृद्धि अभियान एक साथ सुरु गरेको बताए । महानगरको गौरवको योजनामा समावेश भएको पुङ्गी खोला सिमाङ्कन, संरक्षणको पहिलो चरणअन्तर्गत दुवैतर्फ ३५५ मिटर क्षेत्रमा बोटविरुवा तथा फूल रोपिनेछ । वृक्षरोपण, फुटरेल, रिटेनिङवाल, रेलिङसहित हिँड्न मिल्नेगरी संरचना निर्माण गरिने उनले जानकारी दिए ।













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया