इजरायली आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु

काठमाडौँ । लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु भएको सरकारी समाचार संस्था सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
“ सिरिया-लेबनानी सीमामा पर्ने कफर याबस नजिकै हाम्रो एउटा सैन्य चौकीमा इजरायल (शत्रु) ले हवाई आक्रमण गरेको छ”, सानाले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “आक्रमणबाट पाँच सिरियाली सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।”
इजरायली सेनाले सिरियाबाट लेबनानको हिजबुल्लाहमा हतियार स्थानान्तरण गर्न हिजबुल्लाह समूहले प्रयोग गर्दै आएको सिरिया-लेबनान सीमामा आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको एक दिनपछि पाँच सिरियाली सैनिकको मृत्यु भएको हो ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको युद्ध अनुगमनकारी संस्थाका अनुसार इजरायली लडाकू विमानले सिरियाको कुशायर क्षेत्रलाई लेबनानसँग जोड्ने सीमालाई निशाना बनाएको थियो।
इजरायलले यसै साता लेबनानको हिजबुल्लाहमाथि आक्रमण तीव्र पारेपछि सिरियामा भएको यो पहिलो आक्रमण भएको बेलायतस्थित युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।













बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता
बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया