हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण

काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ ।
इजरायलले शनिबार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ ।
यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ ।
यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमाण्डर पनि इजरायली आक्रमणमा मारिएका थिए । यसअघि इजरायलले शुक्रबार लेबनानमा ठूलो हवाई हमला गरेको थियो जसमा धेरै भवनहरूलाई निशाना बनाइएको थियो । आक्रमणमा धेरै भवनहरु ध्वस्त भएकाले भग्नावशेषबाट मानिसहरुलाई उद्दार गर्ने काम भइरहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
इजरायलले लेबनानका जनतालाई धेरै भवनहरू खाली गर्न निर्देशन दिएको चेतावनीपछि इजरायलले यो हवाई आक्रमण गरेको थियो । इजरायलले यी भवनहरू हिजबुल्लाहका मानिसहरूले प्रयोग गरिरहेको दाबी गरेको छ । इजरायली सेनाले शुक्रबार बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयलाई निशाना बनाएको थियो । यस आक्रमणमा धेरै अग्लो भवनहरू ध्वस्त भएका छन् ।
यी आक्रमणहरूको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह रहेको बताएका छन् । यद्यपि इजरायली सेनाले कसलाई निशाना बनाएको भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । विभिन्न रिपोर्टहरुले नसरल्लाहको अवस्था बारेमा अनेकौं टिप्पणी गरेपनि उनको अवस्था बारे स्पष्ट जानकारी प्राप्त भएको छैन ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया