कोशी प्रदेशमा ‘पर्यटन वर्ष २०८२’ को घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’ को उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने उल्लेख गर्दै विसं २०८२ लाई प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरेको जानकारी दिए ।
उनले नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
“सिङ्गो नेपालले पर्यटनमा प्रचुरसम्भावना बोकेको छ । कोशी प्रदेशमा त विश्वकै सर्वोच्च शिखर सगरमाथा जस्तै अन्य हिमाल, पहाड र तराईको सम्मिश्रण रहेको छ । यो प्रदेश धार्मिक, भौगौलिक, सांस्कृतिक र सम्पदाका हिसाबले पनि महत्वपूर्ण भएकाले सरकारले यसलाई अवसरको रूपमा लिएर काम गरिरहेको छ । यसमा निजी क्षेत्रको साथ र सहयोगको अपेक्षा छ”, मुख्यमन्त्री कार्कीले भने ।













छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया