बाढी पहिरोको उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।
पछिल्लो पटकको बाढी, पहिरो र डुवानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।
त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिए ।
यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिएका थिए ।
















रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया