वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

मेलम्ची खानेपानी विकास समितिले दशैँअघि नै काठमाडौं उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा दुई दिनको अविरल वर्षाले सो कार्य थप अनिश्चित भएको छ ।
समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले राजधानीमा पानी ल्याउन प्राविधिक काम सकेकामा बिहीबारदेखिको वर्षाले अनिश्चित भएको बताए । उनले मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा भने ठूलो क्षति भएको नदेखिएको जानकारी दिए ।
समितिले मुहानस्थलमा राम्रो सुरक्षा व्यवस्था मिलाएकाले ठूलो क्षति नभएको तर सुरुङभित्र कुनै क्षति भएका बारे अध्ययन गर्न भने केही दिन लाग्ने कार्यकारी निर्देशक लामिछानेले बताए । “मेलम्ची नदीमा भने धेरै बाढी गएको छ । त्यसको प्रभाव सुरुङभित्र कति पर्यो भनी प्राविधिक अध्ययन हुन बाँकी छ । यो अध्ययन सकेपछि मात्र राजधानीमा मेलम्चीको पानी आउने दिन निश्चित गर्नेर्छौं”, उनले भने ।
मेलम्ची नदीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउने र त्यसपछि राजधानीवासीले राहत पाउने विश्वास गरिएको छ । मेलम्चीको पानी वर्षामा बन्द गरी हिउँदमा मात्र ल्याउने गरिएको छ ।












तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया