कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सबै प्रदेशका मन्त्रालयलाई पत्राचार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सातै प्रदेशका कृषि हेर्ने मन्त्रालयलाई बाढीपहिरो तथा डुबानका कारण कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न आज पत्राचार गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले आज विज्ञप्ति जारी गरी असोज १० गतेदेखिको भारी वर्षाका कारण बाढीपहिरो र डुबानले सिँचाइ पूर्वाधार, बालीनाली, पशुपन्छी, खाद्यान्न, बीउबीजन, गोठ, खोरलगायत संरचनामा भएको क्षति विवरण माग गरिएको जानकारी दिए । मन्त्रालयले सबै स्थानीय तहका कृषि एवं पशु शाखालाई पनि विवरणका लागि पत्राचार गरेको छ ।
कृषि क्षेत्रमा भएको विवरण सङ्कलनपछि मन्त्रालयले आवश्यक काम गर्ने विज्ञप्तिमा उल्लेख छ । क्षतिमा परेका किसानलाई प्राविधिक सहयोग गर्न पनि प्रदेशका कृषि हेर्ने मन्त्रालय र स्थानीय तहका कृषि एवं पशु सेवा शाखालाई आग्रह गरिएको जनाइएको छ ।
आजै कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया