भोजपुरको ९ वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुर । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन् ।
वर्षाले सदरमुकामबाट उत्तरी क्षेत्र जोड्ने भोजपुर–दिङ्ला सडक र दक्षिणी क्षेत्र जोड्ने भोजपुर–घोडेटार सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण सडक हिलाम्मे बन्दा यातायात सञ्चालनमा समस्या भएको हो । अविरल वर्षाका कारण जिल्लालाई पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमाअन्तर्गत लेगुवा–भोजपुर–चखेवा सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । यो सडकखण्डको अरुण गाउँपालिका–४ माङसुवा, ओदाने र टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीमा खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएकोे छ ।
ग्रामीण क्षेत्रका सडकमा पहिरो खस्दा स्थानीयलाई समस्या भएको छ । हतुवागढी गाउँपालिकाको घोडेटार–होम्ताङ सडकमा पहिरो खसेर अवरोध भएकाले पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। गाउँपालिका क्षेत्रका धेरैजसो सडकमा क्षति पुगेकाले क्षतिको विवरण सङ्कलनको काम भइरहेको अध्यक्ष राईले बताए।
दक्षिणी क्षेत्रको तराईका जिल्लासँग जोड्ने एकमात्र विकल्पका रूपमा रहेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार झोलुङ्गे पुलमा बाढी क्षति पुर्याएको छ । अविरल वर्षाका कारण हतुवागढी गाउँपालिका-९ हसनपुर र उदयपुर बेलका नगरपालिका-७ मैनामैनी जोड्ने दूधकोशी नदीको झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा समस्या भएको हो । यहाँ पक्की पुल नहुँदा यही झोलुङ्गे पुलको मध्यमबाट मानिस तराईका जिल्ला पुग्ने गरेका थिए । योसहित दक्षिणी क्षेत्रका चारवटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
वर्षासँगै आएको पहिराले भोजपुर नगरपालिका-४ की चन्द्रकला श्रेष्ठको घर र वडा नं ५ मसिनेबेँसीका भीमबहादुर दाहाल घरमा क्षति पुगेको, टेम्केमयुङ गाउँपालिका-६ गुठाका डिकबहादुर सार्कीको गोठ पुरिँदा दुई बाखा र तीन बोका गरी पाँच वटा चौपाया मरेका, टेम्केमैयुङ-६ कै स्वास्थ्यचौकी पनि पहिरोले क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
















म्याग्दीको दोसल्लेबाट दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
सर्वदलीय बैठक सम्पन्न
Australian police charge man after finding 23,000 child abuse images
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
65 tola of stolen gold recovered after a shoot out
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
प्रतिक्रिया