जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला । जिल्लामा आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रदेशकै धार्मिकस्थल रहेको यहाँको चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो तान्ने दिन प्रदेश सरकारले जुम्लामा मात्र एक दिन सार्वजनिक बिदा दिएको हो ।
चन्दननाथ मन्दिरको लिङ्गो तान्ने दिनका अवसरमा कर्णाली प्रदेश सरकारले जुम्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो । मन्त्रालयले विज्ञप्तिमार्फत असोज १४ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) का अवसरमा बिदा दिने जनाएको छ ।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । यो मन्दिरमा बर्सेनि घटस्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने चलन परापूर्वकालदेखि चलिआएको चन्दननाथ नगरपालिकाका स्थानीय बताउँछन् ।
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया