ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
मेरोन्यूज
२०८१ असोज १४ गते १५:४६

काठमाडौँ । फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ बर्षिय ग्रीजम्यानले सन्यासको घोषणा गरेका हुन् । सन्यास घोषणा गर्दै उनले भनेका छन्- ‘यो सम्झनाले भरिएको हृदयले मेरो जीवनको यो अध्याय बन्द गर्दैछु ।’
हाल स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका ग्रीजम्यान २०१४ मा फ्रान्सका लागि डेभ्यु गरेका थिए । उनले फ्रान्सका लागि अहिलेसम्म १३७ खेल खेल्दै ४४ गोल गरेका छन् ।
फ्रान्सको यू-१९ टिम हुदै राष्ट्रिय टिममा खेलेका ग्रीजम्यान फ्रान्सलाई २०१८ को विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य थिए । साथै २०२२ को विश्वकपमा उपविजेता हुदा पनि उनी टिममा थिए ।
सम्बन्धित
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया