ट्युनिसियामा आप्रबासी चढेको डुङ्गा पल्टिँदा १२ व्यक्तिको मृत्यु

काठमाडौँ । दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार एक आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको एक न्यायिक अधिकारीले बताएका छन्।
मेडेनिन अदालतका प्रवक्ता फेथी बाकुचेले एएफपीसँग कुरा गर्दै मृत्यु हुनेमा पाँच पुरुष र चार महिला रहेका छन् । डुङ्गा के कारणले डुबेको थियो भन्ने कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको छैन।
ट्युनिसियाली नेशनल गार्डले चार जना आप्रवासी पौडी खेलेर किनारामा फर्किएको जनाएको छ ।ट्युनिसिया र छिमेकी लिबिया युरोपमा राम्रो जीवन यापन गर्न चाहने आप्रवासीका लागि प्रमुख प्रस्थान बिन्दु बनेका छन्।
सन् २०२३ मा ट्युनिसियाको स्थिर अर्थतन्त्रले ०.४ प्रतिशतको मात्र आर्थिक वृद्धि दर हासिल गरेको छ भने बेरोजगारी बढेको छ । प्रत्येक वर्ष, दशौं हजार मानिसहरू ट्युनिसिया हुँदै यूरोपतर्फ जान समुद्रको खतरनाक यात्रा गर्ने गर्छन् ।
जनवरी १ देखि ट्युनिसियाको तटीय क्षेत्रमा कम्तीमा १०३ वटा अस्थायी डुङ्गा डुबेको र ३४१ जनाको शव निकालिएको सरकारले जनाएको छ । एफटिडीईएस अधिकार समूहका अनुसार गत वर्ष ट्युनिसियामा डुङ्गा दुर्घटना हुँदा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का अनुसार गत दशकमा भूमध्यसागरमा ३० हजार ३०९ भन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।










समाजमा शान्ति-सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्छ : गृहमन्त्री अर्याल
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया