मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गरेकी छन् ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो ।
सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन् ।
मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराएकी थिइन् ।
संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री डा राणा वासिङ्टन डिसीमा छिन् ।









लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
सुनसरी–१ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस
एमाले कमजाेर भएकाे छैन, झनै शक्तिशाली बनेको छ : शंकर पोखरेल
अध्यक्ष ओलीले गरे एमालेको ११ औँ महाधिवेशनको उद्घाटन (तस्बिरहरू)
यु–१९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया