सरकारले मृतकका परिवारलाई जनही २ लाख दिने, तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । यस्तै, सरकारले बेपत्ता रहेको १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ। उक्त अवधिमा तीन दिनसम्म सरकारी कार्यालय र नियोगहरूमा राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको हो।
दुई दिनको लगातारको वर्षापछि उत्पन्न बाढी-पहिरोबाट हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। बाढीबाट काठमाडौँ उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप बढी प्रभावित छन्।
यस्तै प्रधानमन्त्री ओलीले सबै राजमार्गलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सबै कदम उठाउन र आवश्यक पर्ने कामको प्रतिवेदन ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएका छन्।
आवास गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न तथा पुनर्निमाणका लागि क्षतिअनुसारको कानुनले तोकेको राहत दिने निर्णयसमेत गरिएको छ ।
बाढीपहिरोपछिको स्थितिमा महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालय सक्रिय भएर लाग्न तथा कृषि बिमाको रकम प्रदान गर्नेसम्बन्धी निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
















बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया