कटहरियामा राहत वितरण

रौतहट । रौतहटको कटहरिया नगरक्षेत्र अन्तर्गत सयौं परिवारलाई राहत वित्तरण गरिएको छ । हालै आएको अबिरल वर्षासँगै लालबकैया नदीको बाढीले प्रभावित परिवारलाई सरकारको निर्देशन अनुसार नगरपालिकाबाट तत्कालको लागि राहत बितरण सुरु गरिएको हो ।
मंगलवार एक कार्यक्रमको आयोजना गरी कटहरीया नगरपालिका वडा २ जमुनिया , छेदी चोक टोलका प्रभावित ६१ परिवार लाई मेयर अजय प्रकाश जैसवाल द्वारा राहत बितरण गरिएको हो ।
यस्तै वडा ४ अन्तर्गत २२० परिवार लाई राहत बितरण जारिरहेको मेयर जैसवालले जानकारी दिएका छन्।
नगरपालिकाबाट तत्कालको लागि राहत स्वरुप प्रती परिवार १ वोरा चामल , दाल, त्रिपाल लगायतका सामग्री बितरण भईरहेको नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले जानकारी दिएका छन्।
उक्त अवसरमा मेयर जैसवालले अबिरल बर्षासंगै लालबकैया नदीको बाढीले बालीनाली क्षतिभएका किसानलाई क्षतिपूर्ति दिलाउन पहल जारी रहेको बताएका थिए ।
गत बिहिबार देखि परेको अबिरल वर्षासँगै नदीमा आएको बाढीले नदीको बाँध फुटेर कटहरिया नगरपालिका अन्तर्गत सैयौं परिवार प्रभावित भएको थियो भने दर्जनौँ किसानको धान तथा उँखु बालीमा क्षती पुगेको थियो। बाढी र वर्षाले जिल्लाभरिका ५५ सय ९५ मानिस तत्काल बिस्थापित हुनुका साथै झण्डै साढे तीन हजार बिगाहा क्षेत्रफलमा लगाइएको बालीमा क्षती पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया