मुक्तिनाथ-पुराङ-झोङ-तेताङ सडक निर्माण सुरु

म्याग्दी । मुस्ताङको वारागुङ-रानीपौवाबाट मुक्तिनाथ-पुराङ-झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ ।
आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ता-ङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिए।
“सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ”, उनले भने, “रानीपौवा-झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ ।” यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले रु १० करोड बजेट विनियोजन गरेको छ । विसं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
योे कालीगण्डकी करिडोरको कागबेनी-छुसाङ खण्डको वैकल्पिक सडक हो । कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर-दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको हो ।
















अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया