बागमती करिडोरमा हिलो र धुलो

ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बागमती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी बागमती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।
सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बागमती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । बागमती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।
वैकल्पिक यात्रा गर्ने वाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।”
अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउछन् । उनि भन्छन्, “वाग्मती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।”
त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण वाग्मती करिडोरको यात्रा असहज हुने गरेको बताए । उनले भने, “जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।”
अहिले वाग्मती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया