अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

कपिलवस्तु । बाणगंगा नगरपालिका-११ बनकटवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६३० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका-४ गरगरे बस्ने ३२ वर्षीय दिनम थापा र कपिलवस्तु बाणगंगा नगरपालिका-२ कप्टैया बस्ने ३० वर्षीय संजिव थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.९२ प ९७८७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहीयास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७५ ग्राम सहित भारत गोरखपुर घर बताउने २४ वर्षीय शिव गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ इपि २७३३ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वनरेक्स लेखिएको एक सय मिलिलिटरको १५ बोतल सहित राक्सिराङ गाउँपालिका-८ राक्सिराङ बस्ने २४ वर्षीय शंकर तितुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना.५ ख ८१८१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।
यसैगरी मकवानपुर, थाहा नगरपालिका-९ चित्लाङस्थित सडकबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ३६ ग्राम सहित कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने २३ वर्षीय तुलराम डिङडुङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चितलाङबाट खटिएको प्रहरीले डाँडाबासदेखि काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख २५२ नम्बरको बसलाई जाँच गर्ने क्रमममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-२ स्थित कान्छि बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने १९ वर्षीय हेमन्त बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ अत्तरिया बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ४० वर्षीय धर्मानन्द भट्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अत्तरिया बसपार्कस्थित भट्टले संचालन गरेको पान पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया