तनहुँका सहाराविहीन बालबालिकालाई निःशुल्क शिक्षा
मेरोन्यूज
२०८१ असोज १६ गते १४:५१

तनहुँ । यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । व्यास-७ कलेस्तीस्थित विद्यालयले विपन्न र अभिभावकविहीन बालबालिकालाई उक्त सुविधा उपलब्ध गराएको हो ।
शिक्षाबाट बालबालिका वञ्चित हुन नपरोस भनी विद्यालय स्थापना गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । “म आफैँ शिक्षा क्षेत्रबाट आएको व्यक्ति भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ,” उनले भने । नगरप्रमुख न्यौपानेले विद्यालयलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सम्बन्धित
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया