टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए दिपेन्द्र ऐरी

काठमाडौँ । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।
आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । उनी यसअघि छैटौं स्थानमा थिए ।
त्यस्तै अलराउण्डरको शिर्ष स्थानमा भने ईङल्याण्डका लियाम लिभिङस्टोन रहेका छन् ।
यस सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौं स्थानमा श्री लंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौं स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् ।
यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औं स्थानमा पुगेका छन् ।
त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वारियतामा ११ स्थानको सुधार गर्दै ५३औ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औ स्थानमै छन् ।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया