शनिबार, वैशाख २६, २०८३

पूर्व राजा ज्ञानेन्द्र भुटानमा

मेरोन्यूज २०८१ असोज १७ गते १६:०३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । 

Advertisement
NiccNicc

पूर्वराजा ज्ञानेन्द्र आज बिहीबार बिहान परिवारका सदस्य सहित  भुटान भ्रमणका लागि निस्केका थिए ।


पूर्व राजा शाहको परिवारलाई भुटानको थिम्पु विमानस्थलमा भुटानकी राज कुमारीले स्वागत गरेकी थिइन् । शाह भुटानी राजपरिवारको निमन्त्रणामा आज थिम्पु प्रस्थान गरेका हुन्।

उनको साथमा छोरी प्रेरणा सहित भतिजी सिताष्मा शाह,राजेश सिंह लगायत सचिवालयका केही सहयोगीहरू पनि छन्।

निर्मल निवास सम्वाद सचिवालयले यो भ्रमणलाई निजी भनेको छ। पूर्वराजा आउँदो आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया