बर्दघाटमा १२ करोड लागतमा ट्रमा सेन्टर बन्दै
मेरोन्यूज
२०८१ असोज १९ गते १५:१९

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ ।
बर्दघाट नगरपालिकामा सङ्घीय सरकारको करिब रु १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको हो ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए। ट्रमा सेन्टर निर्माण पश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।
डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निर्माण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया