‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् ।
कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्छन् । सन्तानविहीन उनि उनीहरूलाई आफ्नै छोराछोरी मानेर माया गर्छन् । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उनको दिनचर्याले उनीहरूप्रतिको उनको ममता छचल्किन्छ ।
आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उहाँले बताए । “पहिले म बालबालिकासँगै धेरै रमाउँथे”, उनले भने, “उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।”
तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताए। सुरुमा आफैँले लगानी गरेर सञ्चालन गरेको उक्त संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । “मेरा छोराछोरी छैनन्”, उनले भने, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु ।” उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक राखेको उनले बताए ।
गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएकी उनले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आएका छन् । उनकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन् ।
स्यानीका सङ्घर्ष
थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहन्छ, स्यानी । पढाइ जीवनका उनका सङ्घर्ष पनि कम छैनन् । उनको घर पहिले तुलसीपुर–१३ फूलबारी हो । तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन । त्यसैले उनि पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा वर्षात्को बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उनि आफैँले पौडी खेलेर वारपार गर्थे ।
त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिए। “केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे”, उनले भने ।
थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो । ती कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गरेका छन् । पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाहरूका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आएका छन्।
















म्याग्दीको दोसल्लेबाट दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
सर्वदलीय बैठक सम्पन्न
Australian police charge man after finding 23,000 child abuse images
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
65 tola of stolen gold recovered after a shoot out
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
प्रतिक्रिया