इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमाण्डर सम्मानित

काठमाडौँ । इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमाण्डरलाई सम्मानित गरेको छ ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको वेबसाइटका अनुसार सर्वोच्च नेताले ‘रिभोल्युसनरी गार्ड्स’का ‘एयरोस्पेस कमान्डर’लाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि विभूषित गरेका छन्।
“अयातुल्लाह खामेनीले गार्ड्स एरोस्पेस फोर्सका कमान्डर जनरल अमिराली हाजिजादेहलाई अर्डर अफ फाथ अर्थात् ‘विजयको लागि सम्मान’ द्वारा विभूषित गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।
वेबसाइटमा जनाइएअनुसार यो विभूषण ‘ईमान्दारिता र राष्ट्रिय गौरब’ का क्षेत्रमा योगदान पु¥याएबापत प्रदान गरिएको हो ।
६२ वर्षीय हाजिजादेहले सन् २००९ मा स्थापना भएदेखि इरानी सेनाको एयरोस्पेस युनिटको नेतृत्व गर्दै आउनुभएको छ ।
इजरायली हवाई हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र आईआरजीसीका शीर्ष जनरल अब्बास निलफरहानको मृत्यु भएको बदलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले गत मङ्गलबार इजरायलमाथि करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।
गत अप्रिलमा दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको घातक आक्रमणको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि इरानले छ महिनायता इजरायलमाथि गरेको यो दोस्रो प्रत्यक्ष आक्रमण थियोे ।
इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको छिट्टै उचित जवाफ दिने इजरायलले बताएको छ ।













अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी
देश निर्वाचनमा केन्द्रित भयोः संयोजक दाहाल
काराकासमा श्रुङ्खलाबद्व विस्फोट, भेनेजुएलाद्वारा अमेरिकालाई ’आक्रामकता’ को आरोप
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
घट्यो पेट्रोलियम पदार्थको मूल्य
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
प्रतिक्रिया