संरक्षण सुरु भएपछि फेरि देखिन थाले चर्खेपिङ

गलकोट । बागलुङ नगरपालिका–८, सिगानामा झण्डै डेढ दशकपछि यसपालिको दसैँमा चर्खेपिङ हालियो । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी हालेका हुन् ।
पन्ध्र वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने चलन थियो । चर्खेपिङप्रति त्यो समयमा आकर्षण पनि उत्तिकै थियो । तर त्यसयता भने चर्खेपिङ हाल्ने चलन हराउँदै गएको थियो । तर यसपटक भने जिसीको सक्रियतामा चर्खेपिङ फर्किएको छ । लिङ्गे पिङ हाल्दै आएकोमा यस पटकदेखि चर्खेपिङ संरक्षण गर्न र पछिल्लो पुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताए ।
रु तीस हजार लागतमा चर्खे पिङ तयार भएको उनले बताए । पछिल्लो समयदेखि नै छाडेको चर्खेपिङ संरक्षण गर्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो न्यू सिर्जना फर्निचर उद्योगको तर्फबाट गाउँमा पिङ हालेको जानकारी दिए ।
“एक दशक यता बागलुङसहित धेरै स्थानमा यो चर्खेपिङ हराइसक्यो, सयममै यसको संरक्षण सुरु नगर्ने हो भने नयाँ पुस्ताका लागि यो दन्त्य कथा बन्नसक्छ, बाह्रा वर्षका बालबालिकाले सिगानामा पहिलोपटक चर्खेपिङ खेल्न पाएको प्रतिकृया आएको छ”, जिसीले भने, “कम्तीमा एक वडा एक चर्खेपिङ, एक टोल एक लिङ्गे पिङ हाल्ने अभियान चलाउन आवश्यक छ, पछिल्लो समय संरक्षणका लागि भएपनि मालिका, सिगाना, रेशलगायतका ठाउँमा चर्खेपिङ देख्न पाइएको छ ।”
यस्तै काठेखोला गाउँपालिका–७, रेश पिडाल्लामा यस पटक चर्खेपिङ हालिएको छ । त्यहाँका युवाहरुले पछिल्लो पुस्तामा हराउदै गएको चर्खेपिङ हालेका हुन् ।
बागलुङ नगरपालिका–५ स्थित साझखोलामा सामुदायिक वन र स्थानीयको सक्रियतामा चर्खेपिङ तीन वर्ष यता हालिँदै आइएको छ ।
चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिन्छ । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो ।
चर्खेपिङ संरक्षण जरुरी भइसकेको साझखोलाका स्थानीय जुना न्यूरेले बताइन् । ११ वर्षअघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेको भनाइ छ ।
दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताका आधारमा दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ ।ङ
















८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया