मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन ६ जनाको उद्धार

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार भएको हो ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । आज उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार तथा सेवामा खटिएको हो ।
मंगलबार ६ जना सहयोगापेक्षी मानवहरुको उद्वार भएको छ । जसमध्ये झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाको उद्धार गरिएको हो । यात्राको पहिलो दिन सोमबार १० जना सडक आश्रित मानवहरुको उद्धार गरिएको थियो ।
उद्धार गरिएका सडकआश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै गृहप्रवेश गराइएको छ । साथै भोलि बुधबार सुनसरी जिल्लाको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको उद्धार सेवा रहनेछ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया