पर्वत र म्याग्दी जोड्ने माझफाँट-लेकफाँट सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।
संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका-३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिए ।
माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलव आठ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न रु. ३३ करोडमा सम्झौता भएको उनले बताए ।
दुई लेनको सडकमा एक किलोमिटर भन्दा ढलान भइसकेको छ । छ किलोमिटर आठ सय मिट विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ । यसैबीच, बेनी-भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु. ५० लाख विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ ।
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया