काठमाडौंको नयाँबस्तीमा एक पुरुषको हत्या, ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्दै आएकी २७ वर्षीया विमला भट्टराई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, मंगलबार अपराह्न ३स्२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।
लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।
त्यसक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
















८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया