तारकेश्वरको मानेडाँडा झण्डापार्क : काठमाडौं उपत्यकाकै नजिकको उत्कृष्ठ पर्यटकीय गन्तब्य

काठमाडौं । तारकेश्वर नगरपालिका २ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा ।
मानेडाँडा राष्ट्रिय झण्डा पार्क जानका लागि काठमाडौंको बालाजु बाइपासहुँदै नेपालटारहुँदै जरंखु पुल तरेर काभ्रेस्थली सडकहुँदै शान्तिधामहुँदै देविस्थानस्थित मानेडाँडा झण्डापार्क पुग्न सकिन्छ ।
बालाजु बाइपासबाट गाडीमा करिव ९ किलोमिटर दुरिमा मानेडाँडा झण्डापार्क पुग्न सकिन्छ । यस पार्क जाँदा बीच सडकमा बृहत शान्तिधामको दर्शन र सिम्लेश्वर मन्दिरको समेत दर्शन गर्न सकिन्छ । मानेडाँडा झण्डा पार्कबाट काठमाडौं उत्यकालाई सजिलै नियाल्न सकिनेछ । त्यस्तै शिवपुरी निकुञ्जको फेदी भएकाले तारकेश्वर महादेवको मन्दिरजान पनि त्यहिँबाट जंगलको बाटो हुँदै जान सकिनेछ ।
यस झण्डा पार्कबाट मनोरम हिमालको दृष्यको अवलोकन गर्नुका साथै नुवाकोट जिल्ला जोड्ने छोटो बाटो समेत यस स्थानबाट नजिक पर्दछ । यस झन्डा पार्कलाई नेपालकै महत्वपूर्ण राष्ट्रिय झन्डा पार्क बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । विद्यार्थीहरुका लागी अध्ययन, अनुसन्धान र अवलोकन गराउन मिल्ने सङ्ग्रहालय समेत बनाउन सकिनेछ ।
मानेडाँडाबाट पर्यटकहरु जंगलको मनोरम दृश्यमा रमाउनुका साथै शहरबाट नजिकै रहेको शान्त र गाउँको झल्को दिने तामाङ बस्तीमा घुमेर रमाउन सकिनेछ घुम्न जाने र रमाइलो गरी खाना, खाजा खानेहरुका लागि रिसोर्ट रहेको छ ।

















Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया