तारकेश्वरको मानेडाँडा झण्डापार्क : काठमाडौं उपत्यकाकै नजिकको उत्कृष्ठ पर्यटकीय गन्तब्य

काठमाडौं । तारकेश्वर नगरपालिका २ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा ।
मानेडाँडा राष्ट्रिय झण्डा पार्क जानका लागि काठमाडौंको बालाजु बाइपासहुँदै नेपालटारहुँदै जरंखु पुल तरेर काभ्रेस्थली सडकहुँदै शान्तिधामहुँदै देविस्थानस्थित मानेडाँडा झण्डापार्क पुग्न सकिन्छ ।
बालाजु बाइपासबाट गाडीमा करिव ९ किलोमिटर दुरिमा मानेडाँडा झण्डापार्क पुग्न सकिन्छ । यस पार्क जाँदा बीच सडकमा बृहत शान्तिधामको दर्शन र सिम्लेश्वर मन्दिरको समेत दर्शन गर्न सकिन्छ । मानेडाँडा झण्डा पार्कबाट काठमाडौं उत्यकालाई सजिलै नियाल्न सकिनेछ । त्यस्तै शिवपुरी निकुञ्जको फेदी भएकाले तारकेश्वर महादेवको मन्दिरजान पनि त्यहिँबाट जंगलको बाटो हुँदै जान सकिनेछ ।
यस झण्डा पार्कबाट मनोरम हिमालको दृष्यको अवलोकन गर्नुका साथै नुवाकोट जिल्ला जोड्ने छोटो बाटो समेत यस स्थानबाट नजिक पर्दछ । यस झन्डा पार्कलाई नेपालकै महत्वपूर्ण राष्ट्रिय झन्डा पार्क बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । विद्यार्थीहरुका लागी अध्ययन, अनुसन्धान र अवलोकन गराउन मिल्ने सङ्ग्रहालय समेत बनाउन सकिनेछ ।
मानेडाँडाबाट पर्यटकहरु जंगलको मनोरम दृश्यमा रमाउनुका साथै शहरबाट नजिकै रहेको शान्त र गाउँको झल्को दिने तामाङ बस्तीमा घुमेर रमाउन सकिनेछ घुम्न जाने र रमाइलो गरी खाना, खाजा खानेहरुका लागि रिसोर्ट रहेको छ ।









टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर
प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया