दिल्लीमा आगलागीमा हुदाँ दुई जनाको मृत्यु, चार घाइते
मेरोन्यूज
२०८१ कार्तिक २ गते १८:०२

दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
भोलानाथ नगरस्थित स्थानीय प्रहरी अधिकारीका अुनुसार सबै घाइते तथा मृतकहरू एउटै परिवारका सदस्य रहेका र उनीहरूको आगलागीका कारण कोठामा धुवाँले निस्सासिएर मृत्यु भएको हो ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार बिहान ५ः५० बजे दिल्लीको भोलानाथ नगरको घर नम्बर–१९७ आगलागी भएको जानकारी प्राप्त भएको र तत्काल प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी घाइतेलाई उपचारको लागि जीटीबी अस्पतालमा लगिएको थियो ।”
फायर ब्रिगेडले आगलागीलाई केही समयमा नै नियन्त्रणमा लिएको थियो भने भग्नावशेषबाट ४२ वर्षीय शिल्पी गुप्ता र १६ वर्षीय प्रणव गुप्ताको मृत शरीर निकालेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया