मंगलबार, वैशाख १५, २०८३

स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलन सुदूरपश्चिम रोयल्समा

मेरोन्यूज २०८१ कार्तिक ५ गते १२:२०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलनलाई टोलीमा अनुबन्ध गरेको छ।

Advertisement
NiccNicc

सोमबार विहान सामाजिक सञ्जालमा एक पोस्ट राख्दै रोयल्सले म्याकमुलनलाई टोलीमा भित्र्याएको जानकारी दिएको हो।

म्याकमुलेनको आक्रामक खेल शैली र अलराउन्डरको रूपमा राम्रो प्रदर्शनका कारण उनलाई टोलीमा अनुबन्ध गरिएको रोयल्सले जनाएको छ। उनको आगमनसँगै टिम थप बलियो भएको रोयल्सको विश्वास छ।

सुदूरपश्चिमका मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन्। एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया