म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता

काठमाडौँ । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले सोमबार बताएका छन् ।
दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा भने “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ।” भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।
“डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
म्यान्मामा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ । डुङ्गा दुर्घटनाका कारण म्यान्मामा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ । समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको विरलै रूपमा सकुशल उद्धार हुने गरेको छ ।
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया