अघि बढ्यो ‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया

काठमाडौँ । रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा बनाउन लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) स्वीकृति गरेको छ ।
काठमाडौँमा भएको तेस्रो नेपाल लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
विभागले १९ भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने रारा रिसोर्टको निर्माण तथा सञ्चालन गर्ने प्रयोजनार्थ वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम पेस गरेको प्रारम्भिक वातावरणीय अध्ययन आइइईको प्रतिवेदन स्वीकृत गरेको जनाएको छ । विभागले आइइई अनुमति दिएसँगै रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको हो ।
विभागले वातावरणीय अध्ययन स्वमूल्याङ्कन छ–छ महिनामा पेस गर्नुपर्ने उल्लेख गरेको छ । मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा रु ७० करोड लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली ढाँचामा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाहले बताए। शाहका अनुसार अब छिट्टै नै रिसोर्टको औपचारिक शिलान्यास गर्दै निर्माणलाई तीव्रता दिइने जानकारी दिए।













महोत्तरीमा थपिए ३७ मतदान केन्द्र
Local level closes schools to avoid severe cold in Kailali
वीरगञ्ज जनजीवन सामान्य बन्दै
चिसो बढेपछि विद्यालयमा पठनपाठन स्थगित
प्रि-ओपन सेसनमा १.६४ अंकले बढ्यो नेप्से
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया