शनिबार, पुष १९, २०८२

आज मात्रै भारतीय कम्पनीका ५० वटा जहाजमा बम राखिएको हल्ला, भेटिएन बम

मेरोन्यूज २०८१ कार्तिक ६ गते १९:५६

काठमाडौं । भारतको राजधानी दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत सावित भएको छ ।

विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । विमानमा बम रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खोजतलास गरेका थिए ।

विमानमा बम रहेको सूचना ह्वाटएपमार्फत आएको बताइएको छ । विमानमा बम नरहेको पुष्टि भएपछि विमानस्थल पुनः सुचारु गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार मात्रै भारतमा झण्डै ५० वटा उडानमा बमको हल्ला फैलिएको छ । पछिल्लो समय फरक फरक कम्पनीका जहाजमा बम रहेका सूचना फैलिइरहेको समाचारमा जनाइएको छ । 

मंगलबार इन्डिगोका १० उडानमा यस्तो चेतावनी दिइएको थियो । तीमध्ये कम्तीमा तीन उडान डाइभर्ट नै गर्नुपरेको बताइएको छ ।

यता एयर इन्डियाका विमानमा पनि सोमबारदेखि मंगलबार रातिसम्म १० उडानमा बमको डर देखाइएको छ 

प्रतिक्रिया