सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिपावली (तिहार), नेपाल संवत तथ छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैंझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको छ ।
त्यस्तै, कानुनविपरीत जुवातास, लंगुरबुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विष्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका यस्ता गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ।
सूचना अधिकारीसमेत रहेको पौडेलले देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया