इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७७० जनाको मृत्यु

हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ ।
हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा करिब एक वर्षको युद्धपछि इजरायलले गत महिना लेबनानतर्फ आफ्नो ध्यान केन्द्रित ग¥यो र हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्ने प्रतिबद्धता जनायो ।
यसैबीच गाजाको उत्तरी भागमा दशौँ हजार नागरिक फसेका छन् । त्यहाँ इजरायलले यस महिनाको सुरुमा सैन्य कारबाही सुरु गरेर हमासमाथि दबाब कायम राखेको छ ।
“उत्तरी गाजामा सैन्य कारबाही सुरु भएयता सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको छ”, क्षेत्रको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भन्नुभयो । उहाँले भग्नावशेषमुनि मानिसहरू पुरिएका हुनाले मृत्यु सङ्ख्या बढ्नसक्ने बताउनुभयो । उहाँका अनुसार मध्य गाजामा विद्यालय–आश्रयस्थलमा भएको आक्रमणमा १७ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले भने उक्त स्थलमा हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताएको छ । उत्तरी क्षेत्रमा अब उसले प्राथमिक उद्धार सेवाहरू प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ । इजरायली सेनाले आफ्ना टोलीहरूलाई ‘बम विस्फोट गरी मार्ने’ धम्की दिएको आरोप लगाएको छ ।
इजरायली सेनाका अनुसार आक्रमणको उद्देश्य हमासले उत्तरमा पुनर्निर्माण गर्न खोजिरहेको सञ्चालन क्षमतालाई नष्ट गर्नु हो । सेनाले मानिसहरूलाई क्षेत्र खाली गर्न बारम्बार भनेको छ र त्यसो गर्न उनीहरूले सेनाले नियन्त्रण गरेका चेकपोइन्टहरू पार गर्नुपर्छ ।
एएफपीद्वारा प्रमाणित अनलाइनमा पोस्ट गरिएका तस्बिरहरूले यस्ता चेकपोइन्टहरू पार गर्न प्रतीक्षा गरिरहेका प्यालेस्टिनीहरूको भीड देखाएका छन् । केही प्यालेस्टिनीले यस प्रक्रियाको क्रममा दुर्व्यवहार वा हिरासतको बारेमा उजुरी गरेका छन् ।












EU urges calm, restraint to avoid escalation in Venezuela
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया