तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ ।
चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए। उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा रु तीन करोड ५० लाख मात्र राजश्व सङ्कलन भएको थियो ।
“चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ”, प्रमुख घर्तीले बताए। राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ । उल्लेख्य रुपमा राजश्व संकलन भएको छ ।”
चालु आवमा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताउनुभयो । गत आवमा रु ३६ करोड राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।










आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया