विभिन्न ब्रान्डको ४३ थान अवैध मोबाइलसहित २ जना पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक १० गते ११:४३

रौतहट । रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडक खण्डबाट प्रहरीको गस्ती टोलीले भन्सार छली ल्याएको विभिन्न ब्रान्डको ४३ थान मोबाइलसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २५ वर्षीय नितेश पटेल र २२ वर्षका सचिन पटेल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। ग ५ प ७२७१ नम्बरको मोटरसाइकलमा शुक्रवार साँझ सीमाक्षेत्र बाट आउँदै गरेका पटेलद्वयलाई शङ्का लागेर बम नगर स्थित अस्थायी प्रहरी पोष्ट को टोलीले चेकजाँच गर्दा उनीहरूले भारत बाट अवैध रूपमा ल्याएको ४३ थान मोबाइल बरामद गरिएको प्रवक्ता राय ले जानकारी दिएका छन्।
बरामद मोबाइल मोटरसाइकलसहित दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया