सोमबार, वैशाख ८, २०८२

करिब २२१ किलो गाँजासहित एक जना पक्राउ

मेरोन्यूज २०८१ कार्तिक ११ गते १४:२७

धनुषा । करिब २२१ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय २१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक प्रकाशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया