आइतबार घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब ७३ करोड

काठमाडौं। साताको पहिलो दिन सेयर बजार घटेर बन्द भएको छ ।
आइतबार सेयर बजार नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेर २,६१७ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै आइसीएफसीको कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको २१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसीको १८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आइतबार सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ७९ प्रतिशतका दरले गुमाएका हुन् ।









सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया