स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु

काठमाडौँ । मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको आपतकालीन सेवा प्रदायकहरूले पुष्टि गरेका छन् ।
“विभिन्न सुरक्षा र आपतकालीन बलहरूले सार्वजनिक गरेको प्रारम्भिक मृत्यु सङ्ख्या ५१ रहेको छ भने थुप्रै मानिसहरू सम्पर्कमा नआएकाले मृत्यु सङ्ख्या थप वृद्धि हुनसक्ने देखिएको छ,” क्षेत्रीय आपतकालीन सेवाहरूले एक्समा जारी सन्देशमा भनिएको छ । प्रभावित क्षेत्रमा मृतकका आफन्तहरूको सहयोगमा शवहरूको पहिचान भइरहेको छ।
बाढी र डुबानका कारण कारहरू सडकमा बगेका छन् भने एउटा रेल पटरीबाट खसेको छ र घर र भवनहरूमा क्षति पुगेको छ।
सबैभन्दा बढी प्रभावित क्षेत्रका अधिकारीहरूले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक बाहेकका सबै यात्राबाट जोगिन सल्लाह दिएका छन्।
भ्यालेन्सिया क्षेत्रमा मारिएकामा बालबालिका पनि रहेका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया