भियतनाममा ट्रामी आँधीका कारण ५ जनाको मृत्यु

काठमाडौँ । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकारीहरूले बिहीबार बताएका छन् ।
फिलिपिन्सपछि ट्रामीले आइतबार मध्य भियतनाममा प्रहार गरेको थियो । फिलिपिन्समा एक सय जनाभन्दा बढीको ज्यान लिएको थियो ।
बाढीले क्वाङ बिन्ह प्रान्तमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कृषि मन्त्रालयले बिहीबार अनलाइन रिपोर्टमार्फत जनाएको छ । रिपोर्टअनुसार अझै पनि धेरै दुर्गम समुदायमा फोहोरमैलासहितको बाढीको पानी बगिरहेको छ । यसैगरी तीन सयभन्दा बढी घर तथा लगभग एक हजार तीन सय हेक्टरको बाली क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सञ्चार माध्यामहरुले प्रसारण गरेका तस्बिरहरूले क्वाङ बिन्हको दुर्गम क्षेत्रका केही घरको छतमा बाढीको पानी पुगेको र अन्य समुदायका बासिन्दाहरूले प्रभावित भवनहरू सफा गर्ने काम गरिरहेको देखाएको थियो ।
हाल यस क्षेत्रका नदीहरूको जलस्तर बिस्तारै घट्दै गइरहेको भए पनि धेरै क्षेत्र अझै पनि बाढीबाट ग्रसित रहेको जनाइएको छ ।
भियतनाम उष्णकटिबन्धीय आँधीबेहरीको जोखिममा रहेकाले आकस्मिक बाढी पहिरोले हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने गर्छ
विज्ञहरूले मानव गतिविधिका कारण तीव्र जलवायु परिवर्तनले मौसमी ढाँचामा परिवर्तन आई विनाशकारी अवस्थाको सम्भावना अझै बढाउनसक्ने बताएका छन् ।
सेप्टेम्बरमा उत्तरी भियतनाममा यागी नामक आँधील तीन सय ४५ जनाको ज्यान लियो र अनुमानित तीन अर्ब ३० करोढ डलरको आर्थिक क्षति भएको जनाइएको छ ।













भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी
देश निर्वाचनमा केन्द्रित भयोः संयोजक दाहाल
काराकासमा श्रुङ्खलाबद्व विस्फोट, भेनेजुएलाद्वारा अमेरिकालाई ’आक्रामकता’ को आरोप
देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल
क्यानको वार्षिक खेल तालिका सार्वजनिक
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
प्रतिक्रिया